Tuesday, June 2News That Matters

उदयपुरमा ३२३ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, माघ १०
उदयपुरमा ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लामा ५ सय २४ जनाको एन्टीजेन्ट विधिबाट परिक्षण गर्दा २ सय १ जनाको नेगेटिभ र ३ सय २३ जनाको रिपोट पोजेटिभ आएको हो । जिल्लामा हालसम्म १ सय ३६ महिला र १ सय ८७ पुरुषमा संक्रमण देखिएको छ ।
त्रियुगामा ३० महिला र २७ पुरुष गरी ५७ जना, कटारी १७ महिला र २६ पुरुष गरी ४३ जना, चौदण्डीगढीमा २० महिला र १९ पुरुष गरी ३९ जना, बेलकामा ९ महिला र १४ पुरुरुष गरी २३ जना र उदयपुरगढीमा १ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
त्यसैगरी जिल्ला अस्पताल उदयपुरमा कोरोना परिक्षण गर्दा ६० जना महिला र १ सय जना पुरुष गरी १ सय ६० जना संक्रमित रहेका छन् । जिल्लामा कोरोनालाई जितेर १ महिला र २ पुरुष गरी ३ जना घर फर्किएका छन् । जिल्लामा कोरोनाले एकजना पुरुषको ज्यान गएको छ ।