Wednesday, June 10News That Matters

उदयपुरमा ४१ जना संक्रमित थपियो

पूर्णपुष्टि, असार १४

पछिल्लो २४ घण्टामा उदयपुरमा थप ४१ जना कोरोना संक्रमित थपिएको छ । जिल्लाको त्रियुगा, कटारी, बेलका, चौदण्डीगढी र लिम्चुङबुङ गाउँपालिकाका संक्रमितहरु आज थपिएका छन् ।

उनिहरु  २१ पुरुष र २० महिला रहेको छ । स्वास्थ्य कार्यालय उदयपुरले गर्दै आएको दैनिक कोरोना परिक्षण्का क्रममा पछिल्लो समय जिल्लामा ४१ संक्रमित थप भएको हो । यो सँगै जिल्लामा संक्रमितको कुल संख्या २२८४ पुगेको छ । यस मध्य ४९ जनाले ज्यान गुमाई सकेको छ भने १८२० ले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोना बाट मृत्यु हुने संख्या बढेको छैन् । केहि दिन देखि मृतको संख्या ४९ जनामै कायम रहेको छ ।