
पूर्णपुष्टि, साउन २ । उदयपुरको कटारी नगरपालिका–७ रिस्कुस्थित खुलालडाँडाबाट ४९ केजी गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका–१ का ३१ वर्षीय शम्भु राई, २८ वर्षीय आशिष भुजेल र एक अन्य व्यक्ति (परिवर्तित नाम गाईघाट ४९) रहेका छन्। उनीहरूले गाँजालाई तीन वटा बोरामा राखेर ओसारपसार गर्दै गरेको अवस्थामा मंगलबार प्रहरी टोलीले पक्राउ गरेको डिएसपी चापागाईले बताए । पक्राउ परेकाहरूलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
