Tuesday, June 2News That Matters

उदाहरणीय वडाअध्यक्ष : आफ्नो ४ बर्षको सेवा सुविधाको रकम बाट जनतालाई एम्वुलेन्स

पूर्णपुष्टि, माघ ६
प्राय जसो सबै स्थानीय जनप्रतिनिधिले आफ्नो बिभिन्न सेवा वापतको पैसा पोल्टोमा राख्ने गरेको पाईन्छ । तर एक वडाअध्यक्षले भने आफ्नो ४ बर्ष सम्मको सेवा सुविधा वापतको रकम समाज सेवा र सार्वजानिक सेवामा लगानी गरेको छ । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका (५ का वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा सुविधाको रकमले एम्बुलेन्स खरिद गरेका हो ।
विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो पाँच वर्षे कार्यकालमा सरकारले दिएको सेवा सुविधाबापतको रकम जनतालाई नै फिर्ता गरेको बताए।

मैले निर्वाचन जित्दा नै सरकारी सेवा सुविधा जनताका लागि प्रयोग गर्ने योजना बनाएको थिएँु, उनले भने, ुत्यो पाएको सेवा सुविधाको रकमबाट एम्बुलेन्स खरिद गरेर जनताकालाई दिएको छु।ु उनले गाउँपालिकाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवा सुविधाको रकमबाट एम्बुलेन्स खरिद गरेको बताए । त्यो सुविधा आफुले प्रयोग गरेको भए आफुलाई मात्रै हुने र एम्वुलेन्स सबै जनताहरुको लागि उपयोग हुने भएकाले सम्पूर्ण जनताहरुलाई हुने गरी सुविधा बाँडेको अध्यक्ष बमले बताए ।

जनताको जनजीवनसँग जोडिएको मानव स्वास्थ्यलाई मध्यनजर गरेर सेवा दिने उद्धेश्यले आफ्नो पाँच वर्षको पारिश्रमिकले एम्बुलेन्स खरिद गरेको अध्यक्ष बमले जानकारी दिए। एम्बुलेन्सले एकल महिला, अति गरिब, वृद्धवृद्धालाई निःशुल्क सेवा दिने समेत अध्यक्ष बमको भनाई छ ।