Tuesday, June 2News That Matters

उयदपुरगढीमा पनि गठबन्धनको फराकिलो अग्रता कायमै

पूर्णपुष्टि, जेष्ठ १
उदयपुरगढी गाउँपालिकामा पनि गठबन्धनले निरन्तर अग्रता कायम गरेको छ । हाल सम्मको मत परिणाम अनुसार गठबन्धनबाट मान वहादुर केप्छाकी मगरलाई १७५६ मत प्राप्त भएको छ भने एमालेका गोपाल खत्रीलाई ११०८ मत प्राप्त भएको छ । हाल सम्मको १,२ र ३ को ३८२३ मत गनिसक्दा गठबन्धनका केप्छाकी ६४८ मतले अग्र स्थानमा छ । यस्तै गरी उपाध्यक्षमा पनि गठबन्धनले नै लिड गरिरहेको अवस्था छ । एमालेकी शोभा कुमारी मगरले १२२७ मत ल्याएकी छिन् भने यता गठबन्धनका जित बहादुर खड्काले १२६६ मत प्राप्त गरेकी छिन् । सो पालिकामा १,२ र ३ नं वडामा गठबन्धनले बिजयी गरिसकेको अवस्था छ ।