
पूर्णपुष्टि, चैत १७ ।
‘ए मेरो हजुर ४’ फिल्मको प्रदर्शन मिति नजिकिएसँगै बुढासुब्बा युट्युब च्यानलबाट प्रचार सामग्री उडेको छ । उक्त च्यानलबाट फिल्मको ट्रेलर र गीत हटेको पाइएको छ ।
फिल्मकी निर्देशक झरना थापाले प्रदर्शन मिति नसर्ने जानकारी दिएकी छिन् । उनकाअनुसार आज पनि एउटा गीत सार्वजनिक गर्ने तयारी थियो ।
थापाका अनुसार आज पनि फिल्मको रोमान्टिक गीत सार्वजनिक गर्न तयारी रहेको थियो । उनका अनुसार यतिको चलेको च्यानल पनि ह्याक हुँदा आफै छक्क परेको बताईन् ।
फिल्मको सम्पूर्ण प्रचार सामग्री नै युट्युबबाट उडेपछि तनावमा परेको बताइन् ।
झफिल्मको सामग्री रिकभर हुन्छ कि हुँदैन थाहा छैन। केही समयपछि बुढासुब्बाले जानकारी दिने थापाले बताईन् ।
थापाले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका छ। यो फिल्म वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ ।
