Saturday, April 18News That Matters

एउटै रूखले अड्क्यो सडक निर्माण

भदौ १७ गते ।

वीरगञ्ज–पथलैया व्यापारिक मार्गको निर्माण कार्य एउटा रुखले अड्किएको छ । विरगञ्ज–पथलैया सडक खण्डमा हुने सवारी साधनको चापलाई कम गर्ने उद्देश्यका साथ विस्तार गर्न लागिएको व्यापारिक मार्ग रुखकै कारण ढिलाई भएको हो ।

रूख कटान गर्न नसक्दा सडक विस्तारको कार्य अवरुद्ध भएसँगै कतिपय स्थानीयको जमिनको पनि समस्या थपिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असार २९ गतेबाट निर्माण कार्य सुरु गरिएको थियो । उक्त मार्गमा पर्ने एउटा रुख कटान गर्न नसक्दा गत फागुनबाट मार्गको निर्माण कार्य अवरुद्ध भएको छ ।

यस मार्गमा पर्ने रूखको कटानका लागि टाँचा (छपान) लगाउने क्रममा त्यो रूख छुटेकाले अहिलेसम्म कटान हुन सकेको छैन । रूख पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । उक्त मार्गमा परेको रूखको कटानका लागि टाँचा लगाउने बेलामा सो रूख छुटेको हो ।  टाँचा नलगाएको रूख काट्न नमिल्ने भएकाले  अहिलेसम्म काट्न नसकिएको पर्सा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत शिवनारायण साहले बताउनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।