
पूर्णपुष्टि, माघ २९
दिउँसो मध्यान्न पक्राउ परेकी प्रचण्ड–माधव समूह नेतृ रामकुमारी झाँक्रिलाई साँझ पख सरकारले रिहाई गरेको छ । आफ्नै निवास बाट पक्राउ परेकी झाँक्रिलाई देशव्यापी रुपमा रिहाईको माग, बिरोध प्रदर्शन र सरकारको चर्को आलोचना पछि प्रहरीले छाडेका हुन् ।
आफु रिहाई पछि झाँक्रिले सबै नेपाली जनताहरुलाई लाई सम्बोधन सहित धन्यवाद व्यक्त गरिन् । दिनभर आफ्नो पक्षमा उभिएका सम्पूर्ण कार्यकर्ता, संघसंस्था, मानवअधिकारकर्मी ममिहला अधिकारकर्मी, नागरिककर्मी, संञ्चारकमी, सुरक्षाकर्मी सबैलाई धन्यवाद व्यक्त गरिन् ।
झाँक्रिले लोकतन्त्रमा जनताका स्वतन्त्र हकअधिकारको लागि त्यो सरकार नै किन नहोस सरकारको व्यक्तिनै किन नहोस आफ्नो धारणा राख्न पछिल्लो दिनहरुमा पनि पछि नपर्ने बताईन् ।
उनले राष्ट्रिपति प्रति आफुले गरेको व्याख्याले आफुलाई कुनै पछुतो नभएको समेत बताईन् । यस्ता निरंकुश क्रियाकला रोक्न जनताको हितमा आफु अझै पनि उत्तिकै बोलिरहने समेत बताईन् ।
