Tuesday, June 30News That Matters

एक महिनादेखि हराएकी सुजताको शव फेला

पूर्णपुष्टि, असार २७

एक कहिनादेखि हराएकी महोत्तरी लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव फेला परेको छ । उनी गत जेष्ठ २० गतेबाट बेपत्ता भएकी थिइन् । उनको शव घर नजिकैको पेट्रोल पम्प देउमा गाडीएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा ठाकुरलाई फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले जानकारी दिनुभयो ।

‘सुजिताको शव गाडिएको विशेष सूचनाको आधारमा उक्त ठाउँमा उत्खनन् गर्दा शव फेला परेको छ,’ उहाँले बताउनुभयो, ‘तर शवको डीएनए परीक्षण गर्न बाँकी छ ।’ शव फेला परेपछि यस विषयमा थप अनुसन्धान शुरु गरिएको डीआईजी रञ्जितकारले बताउनुभयो ।

ठाकुरको हत्या आशंकामा प्रहरीले यसअघि नै १३ असारमा उनको पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।