Friday, June 26News That Matters

एकै दिन साढे ६ हजार नेपाली भित्रियो

पूर्णपुष्टि,जेठ २४ गते । 

विभिन्न कामका लागि भारतको विभिन्न शहरमा लकडाउनले खाना र बासको समस्या भई अलपत्र परेका नेपाली नागरिक जेठको शुरुवातदेखि दैनिक नेपाल भित्रिरहेका छन् ।

हिजोसम्म  ६ हाजार ४ सय ९९ जना सुदूरपश्चिमका दुई नाकाबाट नेपाल भित्रिएका छन् । कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका हुन् । त्यसैगरी उक्त नाकाबाट ५ सय २४ भारतीय नागरिक नेपालबाट बाहिरिएका छन् ।

कञ्चनपुरको गड्डा चौकी नाकाबाट ९ सय ६ नेपाली भित्रिएका थिए भने १ सय ९९ भारतीय नागरिक बाहिरीएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ । उक्त नाकाबाट प्रबेश गर्नेको संख्या घटे पनि कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको बढेको छ ।

उक्त नाका बाट सनिबार ५ हजार ५ सय ९३ नेपाली नागरिक भित्रिएका छन भने ३ सय २५ भारतीय नागरिक बाहिरिएको प्रहरीले जनाएको छ ।

यो संगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठको शुरु देखि खुल्ला भएका नाकाबाट भित्रिने नेपालीको संख्या करिब ९० हजार पुगेकोछ भने बाहिरीनेको संख्या बाह्र हजार बढी पुगेको छ ।