Monday, June 22News That Matters

एकै पालिकाका दुई वडा अध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

पूर्णपुष्टि, जेष्ठ २१ 

एउटै नगरपालिकाको दुई वडा अध्यक्षको कोरोना संक्रमणबाट ज्यान गएको छ । रौतहटको गरुडा नगरपालिकाका दुई वडा अध्यक्षको कोरोनाले ज्यान गएको हो ।

गरुडा नगरपालिका–२ गेडहीका वड़ा अध्यक्ष विष्णु देव सहनीको गएराति उपचारको क्रममा ज्यान गएको छ । उनलाई संक्रमण पुष्टि भएपछि विगत १ महिनादेखि काठमाडौंमा उपचाररत थिए ।

यसअघि पनि जेठ ३ गते गरुडा नगरपालिका–७ का वडा अध्यक्ष राम ईश्वर राय यादवको मृत्यु भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौं गएका ५५ वर्षीय यादवको स्वास्थ्य झन जटिल बनेको र उनको निधन भएको गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलविष्णस देवमले बताउनुभयो  ।