
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, फागुन ६ । उदयपुरको थारुहट रङ्गशाला गाईघाटमा जारी एन्फा उमन्स च्याम्पियनसिपको सेमिफाईनल खेल आजदेखी सुरु हुदैँछ । दिउँसो साढेँ ३ बजे देखी हुने पहिलो सेमिफाईनल खेलमा विभिगीय टोली नेपाल पुलिस क्लबको विरुद्ध त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।
जारी च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले एफसी रियलाई १०–० गोल अन्तरले हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो भने त्रिभुवन आर्मी क्लबले न्युरोड टिमलाई ६–१ गोल अन्तरले हराउँदै पुलिससँगको भेट पक्का गरेको हो ।
एफसी रियल विरुद्धको खेलको पहिलो हाफमा ६ गोल गरेको पुलिसले दोस्रो हाफमा ४ गोल थपेको थियो । पुलिसका लागी जर्सी नं. ९ की रेखा पौडेलले डब्बल ह्याट्रिक गरेकी थिइन् । त्यस्तै पुलिसका लागी जर्सी नं. ३४ की मिना देउवा र जर्सी नं. २ की पुजा राणा मगरले २–२ गोल गरेकी थिइन् ।
न्युरोड टिम विरुद्धको पहिलो हाफमा १ मात्र गोल गरेको आर्मीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ५ गोल थपेको थियो । आर्मीको तर्फबाट जर्सी नं. ८ की जेनिफर रानाले ह्याट्रिक सहित ४ गोल गरेकी थिईन् भने जर्सी नं. ७ कि सपना लामाले २ गोल गरेकी थिईन् । न्युरोड टिमका लागी जर्सी नं. १३ की कविता गुरुङले सान्त्वना गोल गर्न सफल भईन् ।
पुलिसको तर्फबाट रेखा पौडेल र आर्मीको तर्फबाट जेनिफर राना म्यान अफ द म्याच बनेकी थिईन् । उनिहरुले नगद रु. ७ हजार ५ सय सहित ट्रफी र फ्लेक्स प्राप्त गरेकी थिईन् । आजको खेल जित्ने टिमले च्याम्यिनसिपको फाईनलमा स्थान सुरक्षित गर्नेछ । यस च्याम्पियनसिप विजेताले नगद रु. ७ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ५ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ ।

