Monday, May 11News That Matters

एन्फा वुमेन्स च्याम्पियनसिप:छाहारी माथि चर्च ब्वाइजको जित

सुनिल राई÷गाईघाट, फागुन २ । उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशालामा जारी एन्फा वुमन्स च्याम्पियनसिपको तेस्रो खेलमा चर्च ब्वाइज युनाईटेड विजयी भएको छ । शनिबार दिउँसो भएको खेलमा छाहारी युवा क्लबलाई ० गोलको विरुद्ध १ गोल गर्दै चर्च ब्वाइजले जित हासिल गरेको हो ।

खेलको ७८ औँ मिनेटमा चर्च वाइजको तर्फबाट जर्सी नम्बर १० की वर्षा ओलीले गरेको गोल नै जितका लागि निर्णय गोल बन्यो । यस खेलको म्यान अफ द म्याच चर्च वाइज कि वर्षा वली बनिन् । भोलिको एकमात्र खेल एपीएफ र आरएस रिसोर्टबीच हुनेछ । अन्य प्रतियोगि टिमहरुमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा फुटबल क्लब रहेका छन् ।

उपाधी विजेतालाई ७ लाख पाँचहजार र र उपविजेतालाई ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार रहेको प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन छ ।