
पूर्णपुष्टि, बैशाख ११ । एफएकपको फाईनल खेलमा दुई म्यानचेष्टर क्लब भिड्ने भएको छ । उपाधिको लागी न्यान्चेष्टर सिटी र म्यान्चेस्टर युनाईटेड बिच भिडन्त हुने भएको हो ।
पहिलो सेमिफाइनल खेलमा शेफिल्ड युनाइटेडलाई हराउँदै सिटी फाईनलमा पुगेको थियो भने दोस्रो सेमिफाईनलमा युनाईटेडले ब्राइटनलाई पेनाल्टी सुटआउटमा हराएपछि दुई म्यान्चेस्टर क्लबबिच भिडन्त हुने पक्का भएको हो ।
आइतबार राति लण्डनस्थित वेम्ली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटसहित अतिरिक्त समयमा पनि गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा युनाइटेडका सातै खेलाडीले गोल गर्न सफल भएभने ब्राइटनका एक खेलाडीले गोल गर्न चुकेका थिए । त्यसअघि ब्राइटनका लागि अन्तिम प्रहार गरेका सोली मार्चको पेनाल्टी प्रहार बारमाथि गएको थियो । युनाइटेड र सिटीबीचको फाइनल खेल आगामी जुन ३ मा हुनेछ ।
