Thursday, June 25News That Matters

एमडी र एमएस परिक्षामा नक्कली परीक्षार्थी भई सहभागी भएका तीन भारतीय पक्राउ

पूर्णपुष्टि, माघ १०
चिकित्सा शिक्षा आयोगद्धारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भएर सहभागी भएका तीन जना भारतीय नागरीक पक्राउ परेका छन् । भारत उत्तरप्रदेशका जितेन्द्रकुमार मिश्रा, भारत बिहारका शशिभूषण सिंह र भारत बिहारकै कृष्ण मुरारी पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसरी परीक्षामा सहभागी भएका व्यक्तिहरुलाई पक्राउ गरेको हो । उनीहरूलाई कलङ्कीमा रहेको परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएको छ ।
ब्युरोले एक सूचना जारी गरी यस परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने, बिचौलियाका रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवम् परीक्षामा अमर्यादित कार्य गरेकाले नियन्त्रणमा लिइएको जनाइएको छ ।
उनीहरूलाई शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।