Friday, May 15News That Matters

एमसीसीको बिरोधमा गाईघाटमा आदि घण्टा चक्का जाम

पूर्णपुष्टि, फागुन ९
एमसीसी टेबुल गर्न सबै दल तयार भए सँगै गाईघाटमा पनि यसको चर्को बिरोध गर्दै आदि घण्टा चक्का जाम गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट अनेरास्ववियु जिल्ला कमिटि उदयपुरले सोमवार बिहान साड ८ बजे बाट आदि घण्टा चक्का जाम गरेको हो ।

चक्का जामले केही समय सवारी तथा यात्रुहरुलाई समस्या समेत निम्त्यायो । नाराजुलस सहित करिब आदि घण्टा चक्का जामको कार्यक्रमले एमसीसी फिर्ता गर्न ठुलो मदत पुग्ने युवाहरुले जनाएको छ । अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष भवन कटुवाल, प्रदेश सह–सचिव सुरेश गुप्ता सहितका विद्यार्थी युवाहरुले चक्का जाम गरेको हो ।

उनिहरुले एमसीसी जनताहरुको हितमा नरहेकाले यसलाई तत्काल ख्यारजे गर्न पर्ने माग राख्दै चक्काजाम गरेको जनाए । उनिहरुले एमसीसी चाहिँदैन, एमसीसी फिर्ता गर भन्दै नारा जुलु समेत लगाए । बिरोध कार्यक्रम तथा चक्का जाममा अखिल क्रान्तिकारीहरुका केहि विद्यार्थीहरु समेत उपस्थित रहेका थिए ।