
पूर्णपुष्टि, १५ चैत्र ।
एमाले उदयपुरको नावौँ अधिवेशनको मतदान कार्य सकिएको छ । मोतिगडाको इम्पायर होटल इनमा बुधबार साँझदेखी भएको मतदान बिहान सकिएको हो । मतदान सकिए सँगै मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत गणेश सापकोटाका अनुसार मतगणना कार्य सुरु गरिएको हो । अधिवेशनमा पदाधिकारी सबै पदहरुमा निर्वाचन भएको थियो ।
अध्यक्षका लागि भागवत राउत र परमेश्वर घिमिरे प्रतिपर्धामा छन भने उपाध्यक्षका लागि कालुमान लामा, दिल बहादुर तामाङ र भरत बहादुर थापाबीच प्रतिपर्धा भएको छ । यता सचिव पदका लागि टेक बहादुर राउत, महेश रोक्का र सम्भु पौडेल प्रतिसपर्धामा छन् । खुल्ला उपसचिवमा जिवनाथ दाहाल, दर्गानन्द चौधरी, धर्म बहादुर तामाङ, नारद निरौला, मन्दीप राई र हेम बहादुर खड्का प्रतिस्पर्धामा रहेका छन् भने महिला उपसचिवमा गिता खड्का, गंगा राई र महेश्वरी राईबीच प्रतिस्पर्धा चलेको छ ।
