
पूर्णपुष्टि, माघ ५
बाँकेमा एक वडाअध्यक्ष ब्राउन सुगर सहित पक्राउ परेका छन् । वडाअध्यक्ष सहित ब्राउन सुगरमा संलग्न अन्य ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बैजनाथ गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष ६४ वर्षीय रामचरण थारु तीन सय दश मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

कोहलपुर नगरपालिका वडा नं। ११ बाट वडाध्यक्ष थारुसँगै २५ वर्षीय सुरज थारु, ३४ वर्षीय सुन्दर थारु र ३७ वर्षीय ध्रुबकुमार थारु सोमबार दिउँसो पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र घिमिरेले जानकारी दिए ।
पक्राउ परेका वडाध्यक्षसहित चार जनाविरूद्ध घटना अनुसन्धानका लागि मंगलबार पाँच दिनको म्याद थप भएको डिएसपी घिमिरेले बताए । अध्यक्ष थारुले पहिले देखिनै व्राउन सुगर प्रयोग गर्दै आएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

