Wednesday, April 22News That Matters

एमालेद्वारा महानगरको एक लाख जरिवाना पत्र अस्वीकार

काठमाडौं, मंसिर ९ । प्रमुख सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले तोकेको एक लाख रुपैयाँको जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ । जरिवाना पत्र हस्तान्तरण गर्न आइतबार एमाले पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई पार्टीले आफूहरू कार्यक्रमको आयोजक नभएको जिकिर गर्दै पत्र बुझ्न अस्वीकार गरेको हो ।

महानगरपालिकाले गत शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभाको क्रममा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको आरोपमा जरिवाना तोकेको थियो । महानगरपालिकाका अनुसार यो जरिवाना फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ को प्रावधान अनुसार तोकिएको हो ।

एमालेको अस्वीकारपछि महानगरको टोली पार्टी कार्यालय परिसरमै बसिरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार कानूनी प्रक्रिया अनुसार अगाडि बढ्ने र आवश्यक कारबाही गरिने बताएका छन् । यस विषयमा एमाले पार्टीका तर्फबाट थप प्रतिक्रिया आउन बाँकी छ ।