Wednesday, April 22News That Matters

एकाविहानै उदयपुरमा कारको ठक्करबाट महिलाको मृत्यु

पूर्णपुष्टि, १० मंसिर ।
उदयपुरमा कारको ठक्करबाट महिलाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग स्थित चौदण्डीगढी नगरपालिका ६ भिमा मिहोरिया चोकमा प्र.१–०४–००१ च १३८६ नम्वरको कारले सोहि ठाउँ वस्ने ३५ बर्षिया कमला देवी चौधरीलाई ठक्कर दिएका थिए । ट्राफिक प्रहरी उदयपुरका अनुसार उक्त कार पहिले रुखमा ठोकिएर अन्यन्त्रित हुँदा नजिकै फलैँचामा बसिरहेको मान्छेलाई हान्न पुगेका थिए ।

फँलैचामै बसिरहेकी चौदण्डीगढी नगरपालिका ९ की पनावती चौधरी भने सामान्य घाईते छिन् । उनको दाहिने खुट्टामा चोट लागेको छ । गाईघाट साईड बाट बेल्टार तर्फ जाँदै गरेको उक्त कार असोकको रुखमा ठोक्किएर अन्यन्त्रित भएको हो । कारमा सवार चालक सप्तरी जिल्ला फत्तेपुर नगरपालिका १ बस्ने अन्दाजी ३२ बर्षिय अम्बर दियालीको अनुहारमा चोट लागेको छ भने सोही बाउँका २७ बर्षिय सावन खातीको अनुहारमा चोट लागेको छ । उनिहरुको चौदण्डीगढी नगर अस्पतालमा उपचार भैईरहेको छ ।