Wednesday, April 22News That Matters

कोईला विवादले तिन महिना देखि थलिएको उदयपुर सिमेन्ट उद्योग

पूर्णपुष्टि, १० मंसिर ।
स्थानीयहरुका अनुसार चरम भ्रष्टचारले थलिएको उदयपुर सिमेन्ट उद्योगको अवस्था अन्तिम चरणमा पुगेको छ । उद्योगका निमित्त माहा प्रवन्धक महेश प्रसाद साहले हाल पैसा अभावका कारण उद्योग संञ्चालनमा समस्या भएको जनाए । यतिवेला कैलाजन्य कच्चा पदार्थ अभावले उद्योग चलाउन असहज भएको साहको भनाई छ । उद्योगलाई आर्थिक संकट भएको कुरा कर्मचारी, व्यवस्थापन समिति, स्थानीय तथा मजदुर सबैलाई थाहा छ । तर यो अवस्थामा कसरी उद्योग पुग्यो भन्ने बिषय यतिवेला उठिरहेको छ । उद्योगलाई राम्रो सँग संञ्चालन गर्न सम्बन्धित जिम्मेवार पक्षहरु असक्षम भएको र चरम भ्रष्टचार दलाल मौलाएकै कारण उद्योग अहिले यो अवस्थामा पुगेको स्थानीय तथा बुद्धिजिवीहरु बताउँछन् ।

उद्योगमा रहेका करिब २३० जना कर्मचारी तथा मजदुरहरुको हालत दयनीय छ । माहाप्रवन्धक साहका अनुसार ५ महिनादेखी कर्मचारीलाई तलव दिन सकेको छैन । उद्योग संञ्चालनबाटै कर्मचारी पाल्नु पर्ने अवस्थामा उद्योगलाईनै कस्ले पाल्ने भन्ने प्रश्न उब्झेको छ । उद्योग तिन महिनादेखी पूर्ण रुपमा ठप्प छ । उद्योगले आयत गर्ने कोईलामाथी बाराम्वार प्रश्न उठ्ने गरेको छ । ल्याएको कोईला गुणस्तरहिन भन्दै बिरोध भएपछि उद्योग संञ्चलनमा असहज हुने भैहाल्यो । तर उद्योगले पनि मापदण्ड अनुसारको कोईला ल्याउने गरेको छ की छैन भन्ने प्रश्न पनि खडा हुन्छ । नेपाल सरकारको स्वामित्वमा रहेको देशकै ठुलो उद्योग अहिले सुनसा र अस्तव्यस्त छ । कर्मचारी, व्यवसायी र मजदुरले भिँडभाँड हुने उद्योग अहिले सुनसान छ । भदौ २० बाट संञ्चालन ठप्प भएको उद्योग गुणस्तरहिन कोईला आयात गरेको भन्दै बिवाद परेपछि थप संकटमा पुगेको छ । उद्योगलाई चाहिने ५४ सय सिविको कोईला आयात हुनु पर्नेमा ४ हजार सिविको मात्रै कोईला आयात गरेको भन्दै विवाद भैरहेको छ । कोईला विवाद पहिलो पटक भने हैन । बिगतमा पनि कोईलामा भुँसै भुँस फेला परेको भन्दै उक्त कोईला प्रयोग नगर्न भनि बिरोध भएको थियो ।

यो पटक पनि मजदुर संगठन र उद्योगकै केहि कर्मचारीहरुको चर्को विरोध पश्चात उद्योगमा झारिएको कोईला पनि प्रयोगमा नआउँदा उद्योग चल्न सकेको छैन् । कोईला आयातमा गुणासो र उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले विवादित कोईलाको स्याम्पल समेत नाप्न लगिसकेको छ । अख्तियारमा उजुरी परेपछि कोईलाको स्याम्पल नाप्न अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरी पठाईएको वडा अध्यक्ष योगेन्द्र दाहालको भनाई छ । सँधै कोईला आयातमै विवाद भएपछि यो पटक उद्योगले आयात गर्ने कोईलामा अख्तियारले समेत चासो दिएको हो ।
उद्योग बन्द हुनुका कारण गुणस्तरहिन कोईला रहेको आवाज उठिँरहदा प्रसाद साह भने कोईला ल्याउने पैसा अभावले उद्योग संञ्चालनमा समस्या आएको बताउँछन् । केहिदिनका लागि मात्रै कोईला पुग्ने हुँदा कम्तिमा पनि लामो समय सम्मका लागि कोईला व्यवस्थापन गरेपछि उद्योग संञ्चाल गर्न सहज हुने शाहको भनाई छ । यता उद्योगमा ५ महिना अघि देखी झरेको कोईला समेत प्रयोगमा आउन सकेको अवस्था छैन् । अख्तियारले उद्योगमा झारिएको पुरानो नयाँ सबै कोईलाको स्याम्पल नाप्न लगेको छ । गत बर्ष ५० करोड घाटा भएको उद्योगलाई यो बर्ष ६० करोडबढी घाटा हुने उद्योगकै कर्मचारीहरु बाउँछन् ।