
पूर्णपुष्टि, जेठ २७ गते ।
अर्घाखाँचीमा एम्बुलेन्स दुर्घटना हुदा ५ जना कोरोना संक्रमित घाईते भएका छन् ।
सन्धिखर्क नगरपालिका – ७ चन्द्रप्रभा माविको क्वारेन्टाईनबाट कोरोना संक्रमित आइसोलेसनमा लिएर आउदै गरेको एम्बुलेन्स गतराति दुर्घटना हुँदा ५जना संक्रमित घाइते भएका हुन्् ।
सन्धिखर्कबाट संक्रमित लिएर हटारीनेटा आईसोलेसनमा आउँदै गरेका लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाइ सन्धिखर्क हटारीनेटाको आइसोलेसन कक्षमा राखेर उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
