Friday, June 26News That Matters

एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने ३ जना पक्राउ

पूर्णपुष्टि, जेठ २८ गते । 

लकडाउनेको मौका छोपेर पर्सामा एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने तीन जना पक्राउ परेका छन् ।

अल्पाइन मेडिकल कलेज शिक्षण अस्पताल सिमरा, बाराको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्समा ५६ किलो गाँजा बोकेको अवस्थामा वीरगञ्ज महानगरपालिका–२७ बाट तीन जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा गाँजा ओसार्ने सर्लाहीको लालबन्दीका जीतबहादुर वाइवा, दिलबहादुर वाइवा र पर्साका हरिशंक महतोलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।