Monday, June 22News That Matters

ओखर खेल्दै गरेका १४ जना पक्राउ

बैशाख १२

काठमाण्डौमा ओखर खेल्दै गरेका १४ जना पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका–९ आरुबारीबाट ओखर खेल्दै गरेका १४ जनालाई एक लाख ८९ हजार रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आरुबारीको नाग मन्दिर नजिकै रहेको गंगा लामाको टहरामा ओर खेल्दै गरेका उनीहरुलाई शनिबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाण्डौ उपत्यकामा पछिल्लो समय जुवाको रूपमा ओखर खेल्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ ।

७ वा ११ वटा ओखरलाई भुइँमा फालेर जोर कि बिजोर भनेर पैसा बाजी राखेर खेल्ने चिया पसल, चौतारो, चौर तथा टहरामा ओखर खेल्नेहरु बढेको प्रहरीले जनाएको छ ।