Tuesday, June 2News That Matters

ओखलढुंगामा जिप दुर्घटना, ३ को मृत्यु

पूर्णपुष्टि, माघ ९
ओखलढुंगामा जिप दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका( १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जिपमा बाटो माथीबाट ढुंगा खसेर लागेको हो ।

जिपमा ६ जना सवार थिए । त्यसमध्ये सिद्धिचरण नगरपालिका( १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका(१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरुको घटचना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिनपा(१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका(१ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ । उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ ।