
पूणर्पुष्टि, पौष ९
महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुरको १२ औँ बार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ९ राजावासको ओरेकमा साधारण सभा सम्पन्न गरिएको हो ।
‘समानता र सशक्तिकरणको लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ केन्द्रले १२ औँ बार्षिक साधारणसभा सम्पन्न गरेको हो । ।
साधारण सभामा स्रोत केन्द्रको आर्थिक बर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । प्रतिवेदन महिला सशक्तिकरण स्रोत केन्द्रकी कोषाध्यक्ष राधा मगरले प्रस्तुत गर्नुभयो ।
सो केन्द्रले समाज रुपान्तरणका लागि थुप्रै सामाजिक क्रियाकलाप तथा कार्यक्रमहरु गर्दै आएको छ । बिशेषगरी महिलाहरुको क्षेत्रमा काम गर्दै आएको यस संस्थाले महिला बिभेदको अन्त्य, लैँङगीक बिभेद, बिशोरीहरुका लागि सीप विकास, बालबिबाहको अन्त्य जस्ता सचेतनाका कार्यक्रमहरु गर्दै आएको छ ।
