
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने भएको छ। सरकार गठनको विषयमा लामो समयदेखि पार्टीभित्र विवाद भए पनि शुक्रबार बसेको सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायत नेताहरुवीच भएको बैठकवाट सहमति जुटेको हो।
उक्त बैठकवाट ओलीको राजीनामा माग्ने र आफ्नै सरकार गठन गर्ने सहमति भएको हो। यो संगै ओलीको प्रधानमन्त्री पद धरापमा परेको छ। उता माओबादी केन्द्रले पनि आज र भोलीसम्ममा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छ। माओबादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा ओलीको पद स्वत जाने छ।
