Friday, July 3News That Matters

ओलीले एक पद छाड्नु पर्ने बैठकको निष्कर्ष

 पूणर्पुष्टि, साउन, ५

प्रचण्ड पक्षीय स्थायी समिति सदस्यहरु बिच खुमलटारमा बसेको बैठकमा ओलीले दुइ मध्य एक मात्रै नेतृत्व लिनु पर्ने निष्कर्ष निकालेको छ ।

प्रचण्डले आइतबार सचिवालयका चार सदस्यसहित माधवकुमार नेपाल पक्षका केही स्थायी समिति सदस्यहरुसँग पनि यसै विषयमा छलफल गरेका छन् ।

पार्टीभित्र विवाद चुलिँदै गएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान आफू पक्षीय स्थायी समिति सदस्यहरुसँग खुलटारमा गरेको छलफलमा यस्तो निष्कर्ष निकालेको हो ।

लगत्तै प्रचण्डले सोमबार बिहान पूर्वमाओवादी केन्द्रतर्फका स्थायी समिति सदस्यहरुसँग पनि झण्डै तीन घण्टा छलफल गरेका छन् ।

‘पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत रहेका नाताले ओलीले नै निकास दिनु पर्ने र पार्टी एकतालाई पनि बचाउनु पर्ने छलफलमा सहभागी एक नेताले बताउनुभयो । उहाँका अनुसार पार्टीमा देखिएको विवादको सामना गर्न प्रधानमन्त्रि समेत रहनुभएका ओली नै यसबारे अग्रसर भएर लाग्नु पर्ने बताउनु भयो ।

त्यसका लागि ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्नुपर्छ भन्ने कुरामा नेताहरु एकमत देखिनु भएको छ’, ती नेताले रातोपाटीसँग भने, ‘उहाँ ओलीजी प्रतिपक्षजस्तो बन्नुभएन, घुर्की लगाउनुभएन । बैठक नराख्ने र राखेपनि बीचमै छोड्ने त कहिले महाधिवेशनको कुरा ल्याएर समस्या समाधान नभई पन्छाउने प्रयासमा लाग्नुभएको छ । यो प्रवृत्तिले निकास आउँदैन । त्यसैले उहाँले नै निकास दिन जरुरी छ । त्यसमा रोज्ने जिम्मा उहाँलाई छ, बल उहाँकै कोर्टमा छ, छलफलमा भनिएको छ ।