Wednesday, May 13News That Matters

कटारी नगरकार्यपालिकाको चुनावमा आठौँ जना एमालेका उम्मेदवार विजयी

पूर्णपुष्टि, जेष्ठ २१
उदयपुरको कटारी नगरकार्यपालिकाको चुनावमा एमालेका आठ जना उम्मेदवारहरु विजयी भएका छन । आज भएको निर्वाचनमा महिला सदस्यतर्फ एमालेबाट चुनाव लडेका देवी कुमारी घिमिरे, भगवती अधिकारी, सम्झना मगर, गिता कुमारी गिरी र मेलिना श्रेष्ठ विजयी भएका छन ।

यस्तै दलित अल्पसङख्यक सदस्यतर्फपनि एमालेकै मन्जु कुमारी राई दनुवार, हेम कुमारी विश्वकर्मा र जितेन्द्र रसाईली विजयी भएका छन । नगरकार्यपालिकाको चुनावमा एमाले विजयी भएसँगै काटारी नगरपालिकामा एमालेले बहुमत पुर्याएको छ भने मेयर जितेको गठबन्धनभने अल्पमतमा परेको छ ।