Sunday, June 14News That Matters

कटारी नगरपालिकाद्धारा मेयर कप बिजेता खेलाडीलाई सम्मान

पूर्णपुष्टि,चैत्र ५ । उदयपुरको कटारी नगरपाकिलाले चौथौ मेयर कप फुटबल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । शनिवार गुराँस हरियाली पार्कमा एक कार्यक्रमको बीच खेलाडीहरुलाई नगर रु १ लाख सहित सम्मान गरेको हो ।

गत फागुनमा सम्पन्न प्रतियोगिताको बिजेता बनेका कटारी वडा नम्बर २का खेलाडीहरुलाई हौसला प्रदान गर्न सम्मान गरिएको वडाअध्यक्ष प्रेम थापाले बताउनुभयो । उक्त प्रतियोगितामा वडा ५लाई ट्राइव्रेकरमा हराउँदै वडा नम्बर २ले मेयर कप उचालेका थिए ।

सम्मान कार्यक्रममा वडाध्यक्ष थापा सहित वडाका सरोकारवालाहरुले खेलाडीहरुलाई सम्मान गरेको हो ।