Wednesday, April 22News That Matters

कटारी नगरपालिकामा वडाध्यक्षहरुले गरे तालाबन्दी

पूर्णपुष्टि, चैत्र ६ ।

उदयपुरको कटारी नगरपालिकामा वडाध्यक्षहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । कार्यपालिकामा १७ जना सदस्यले असहमति जनाएको बुँदाहरु नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई मिलेर मनोमानी गरेको भन्दै ९ जना वडाध्यक्षहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
वडाध्यक्षहरुले उपभोक्ता समितिले दुःख पाएको, कार्यपालिकामा निर्णय नभएको, काम आफू अनुकूल गरेको, योजना सम्झौता नगरेको, भुक्तानीमा सर्वसाधरणलाई दुःख दिने गरेको जनगुनासो आएकाले प्रशासकीय अधिकृतको कार्यकक्ष र नगरपालिकाको कार्यालयमा सोमबार वडा अध्यक्षहरुले तालाबन्दी गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टाराई आए पछि नगरमा बेथिति बढेको भन्दै तालाबन्दी गर्नु परेको वडा नं‍. २ का वडा अध्यक्ष प्रेम बहादुर थापाले बताए ।