
पूर्णपुष्टि, जेठ ३ । कटारी नगरपालिकाकाे मतगणनाकाे पहिलाे २०० मा गठबन्धनकाे अग्रस्थान देखिएकाे छ । कटारीको १४ र १३ नम्बरको २०० मत गणना हुदा गठबन्धनतर्फकाे प्रमुख उम्मेद्वार नेपाली काङ्ग्रेसका राजेशचन्द्र श्रेष्ठकाे ९० मत आएकाे छ । निकटतम् प्रतिद्वन्द्वि नेकपा एमालेका ज्ञानेन्द्र श्रेष्ठकाे ८२ मत आएकाे छ । उपप्रमुखमा भने एमाले अगाडि छ । एमालेकी उपप्रमुख उम्केदवार गिता खड्काकाे ८४ मत छ भने गठबन्धनतर्फकाे नेकपा (माओवादी केन्द्र) का बिनाेद कटुवालकाे ७९ मत छ ।
