Sunday, May 17News That Matters

कटारीका थुनुवाहरुलाई टिभी उपलब्ध

पूर्णपुष्टि,पुष २ 

सूचनामा सबैको पहुच होस भन्दै कटारी नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यलयका थुनुवाहरुलाई नगरपालिकाले टिभी उपलब्ध गराएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कटारी नगरपालिकाले थुनुवालाई ३२ इन्चको सीजीको कलर टिभी उपलब्ध गराएको हो ।

थुनुवाहरुलाई सूचनाको हक बाट बंचित नहोस भन्दै समाचार हेर्न टिभी सहित डिस होम जडान गरीदिएको कटारी नगर प्रमुख ज्ञानेंद्र श्रेष्ठले जानकारी दिनुभयो ।

उप–प्रमुख भीम कुमारी राउतले ईलाका प्रहरी कार्यलय कटारीमै पुगेर डिएसपी हेमन्त भण्डारीलाई टिभी हस्तान्तरण गर्नुभएको थियो ।

डिएसपी भण्डारीले थुनुवाको लागी टिभी उपलब्ध गराईदिएको भन्दै नगरपालिकालाई धन्यबाद दिएका छन । ईलाका प्रहरी कार्यलय कटारीमा अहिले १ महिला सहित २ पुरूष थुनुवा रहेका छन् ।