Sunday, April 19News That Matters

कटारीका बाढी पीडितलाई रेडक्रसको सहयोग

पूर्णपुष्टि, असोज १४ ।  नेपाल रेडक्रस सोसाइटी कटारीले कटारी नगरपालिका वडा नं. २ का बाढी पीडित कुमार राईलाई राहत सामग्री वितरण गरेको छ । असोज १२ गते शनिबार अविरल वर्षापछि तावा खोलाको बाढीले राईको घरमा क्षति पुर्‍याएको थियो ।

रेडक्रस सोसाइटी कटारी नगर उपशाखाका सभापति राजिव तामाङको नेतृत्वमा एक टोली राईको घरमै पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो । टोलीमा उपाध्यक्ष प्रमिला श्रेष्ठ र कोषाध्यक्ष दिनेश गिरी लगायत सदस्यहरू सहभागी थिए ।

राहत सामग्रीमा कम्बल, बाल्टिन, भाँडाकुँडा, साबुन, ओछ्याउने, भात पकाउने भाँडा, आरी, थाल र बटुका लगायतका दैनिक उपयोगका सामानहरू रहेका छन् । रेडक्रसका उपसचिव तिलक कटुवालले यस सहयोगले बाढी पीडित परिवारलाई राहत मिल्ने विश्वास व्यक्त गरे । रेडक्रसले प्राकृतिक प्रकोपबाट पीडित अन्य परिवारहरूलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।