Sunday, June 14News That Matters

कटारीको जहडीबाट विभिन्न जातको अवैध काठ बरामद

पूर्णपुष्टि, बैशाख २९ । उदयपुरको कटारी नगरपालिका ४ स्थितबाट लुकाई छिपाई राखेको विभिन्न जातको अवैधकाठ प्रहरीले बरामद गरेको छ । कटारी नगरपालिका वडा नं ४ जहडीस्थित चुन ढुङगा डम्पिङ नजिक गाडी ग्यारेजमा अबैध रुपमा लुकाई छिपाई राखेको काठ प्रहरीले बरामद गरेको हो ।

बिभिन्न जातको काठअवैध रुपमा लुकाई राखेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले चिरान काठ ( पटाहा र कडी ) गरी जम्मा २११.९९ क्युफिट काठ बरामद गरेको हो । प्रहरीले सल्ला जातको कडी १९१ थान १३१.२४ क्युफिट, कर्मा जातको पटाहा ८६ थान २१.५० क्युफिट र साज जातको पटाहा २३७ थान ५९.२५ क्युफिट बरामद गरेको काठ आवश्यक कार्वाहिको लागि बन डिविजन कार्यालय कटारीमा पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।