
पूर्णपुष्टि, जेठ ११ गते ।
उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार प्रमुख पदमा विजयी भएका छन् । गठबन्धनको काँग्रेसबाट राजेश चन्द्र श्रेष्ठले ६ हजार ४ सय १७ मत ल्यार विजयी भएका हुन् । श्रेष्ठले आफ्नो प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार (जेब्रा चिन्ह) कृष्ण प्रसाद बराललाई ४ सय ६५ मततान्तरले पराजित गरेको हो । कटारीमा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ तेस्रो भएका छन् । श्रेष्ठको ५ हजा ७ सय १५ मत आएको थियो । श्रेष्ठलाई अन्तीममा २ सय ३७ मतले पछाडी पार्दै स्वतन्त्र उम्मेदवार बराल दास्रो भएको थिए ।
यता उमप्रमुखमा नेकपा एकालेकी गिता खड्का विजयी भएकी छिन् । खड्काले माओवादी केन्द्रका उम्मेवार विनोद कटुवाललाई २ हजार ५ सय ९२ मतान्तरले हराएकी छिन् । खड्काको ६ हजार ४ सय १३ मत आएको छ, भने कटुवालले ३ हजार ८ सय २१ मत ल्याउन सफल भएका छन् ।
