Thursday, August 13News That Matters

कटारीको प्रमुखमा बागी उम्मेदवारी दिएकी राउत एमाले पार्टीबाट निस्काशित

पूर्णपुष्टि, वैशाख १८ गते ।
उदयपुरको कटारी नगरपालिकाबाट नगर प्रमुखमा बागी उम्मेदवारी दिएकी भिम कुमारी राउतलाई पार्टीले निस्काशन गरेको छ । पार्टीको आधिकारिक उम्मेवार विरुद्धमा उम्मेदवार मनोनयन गराएकोमा पार्टीले राउतलाई निस्काशन गरको हो ।
पार्टीको विधानको धारा ८० को उपधारा ६ ले व्यवस्था गरेबमोजिम “कुनै जनप्रतिनिधि संस्थाको निर्वाचनमा पार्टीको निर्णय विपरित उम्मेदवार पनेमा, पार्टीको उम्मेदवार विरुद्धमा प्रचार गरेमा वा पार्टीको उम्मेदवारको विरुद्धमा उठ्ने अन्य कुनै उम्मेदवारको सर्मथक वा प्रस्तावक बनेमा वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गरेमा” पार्टी अनुसाशनको उल्लंघन गरको हुनाले सोही विधानको धारा ८१ को दफा १ बमोजिम राउतलाई निस्काशन गरिएको हो ।