Thursday, June 11News That Matters

कटारीको ६ नं. वडामा एमाले विजयी

पूर्णपुष्टि, जेठ ८ गते ।
उदयपुरको कटारी नगरपालिका–६ बाट नेकपा एमाले विजयी भएको छ । एमालेबाट वडा नं. ६ का वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको प्रेमबहादुर मगर ४ सय २५ मतका साथ विजयी भएको छन् । मगरले आफ्नो प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृषणबहादुर मगरलाई ६० मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।
यता एमालेबाटै महिला सदस्य मेलिना श्रेष्ठ, दलित महिला सदस्य अम्वीकाकुमारी नेपाली र खुल्ला सदस्यमा रामकुमार धिमाल विजयी भएका छन् । त्यस्तै, नेपाली काँग्रेसबाट एक जना खुल्ला सदस्य अम्बरबहादुर जर्घा मगरले जितेका छन् ।