
पूर्णपुष्टि, फागुन २२
उदयपुरको सदरमुकाम गाईघाट पछिको दोस्रो ठुलो सहर कटारीमा पनि साकेला पार्क निर्माण भएको छ । दोस्रो ठुला नगरपालिका समेत रहेको कटारीमा निकै आकार्षक साकेला पार्क निर्माण भएको किरात राई यायोक्खा कटारी नगरपालिकाका नगर अध्यक्ष पदम राईले बताए । किराती सामुदायको संस्कार संकृतिमा आधारित पार्क निर्माण पछि सो स्थानमा स्थानीय पर्यटनहरु अन्य पर्यटनहरु बढेको राईले जनाए । संस्कार संस्कृति सँग पर्यटनहरु निकै नजिक रहने हुँदा कटारी नगरको लागि यो पार्क निकै महत्व र आकर्षक बन्न सक्ने समितिका सचिव दिपक राईले जनाए ।

यी यस्ता पार्क र पुख्र्यौली स्तम्भहरु निर्माण गर्ने कार्य पछिल्लो अवस्थामा निकै प्रतिस्पर्धा जस्तै भएको किरात राई यायोक्खाका उदयपुर जिल्लाका अध्यक्ष नवीन राईले बताए । संघीय संसद सुरेशकुमार राई (हिमाल) को संसदीय विकास कोषबाट कूल २० लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएपछि सो पार्क निर्माण गरिएको हो ।

साकेला थान निर्माणमा ५ लाख र पार्क निर्माणमा १५ लाख ३० हजार संघीय संसद राईको कोषबाट योजना प्राप्त भएको थियो । अध्यक्ष राईका अनुसार यस पटकको आर्थिक वर्षमा पालिकाले पनि १७ लाख रुपैयाँ विनियोजन गरेको छ । सो बजेटले भने पार्कसम्म आउँजाउँ गर्न बाटोको स्तरोन्नती गरिने जनाएको छ ।
