
पूर्णपुष्टि,चैत्र २० । उदयपुरको कटारी नगरपालिकाका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द) कटारीले किसानसँग सम्बन्धित बिभिन्न २५ बुँदे माग सहित प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । आईतवार महासंघका कटारी संयोजक ठाकुरप्रसाद पौड्याल हस्ताक्षरित ज्ञापन पत्र कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ मार्फत स्थानीय कृषकहरुले बुझाएको हो ।
ज्ञपान पत्रमा कृषी क्षेत्रका आधारभूत समस्याहरु बारे मूख्यमन्त्रीको गम्भिर ध्यानाकर्षण गराउँदै समग्र कृषि क्षेत्रमा नीति कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न माग गरिएको छ । जसमा ६ किसान संगठनले गएको गत साउन १४ गते प्रधानमन्त्रीलाई पेश गरेको ५९ सुत्रीय माग यथासिघ्र पुरा गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी किसानलाई आवश्यक गुणस्तरीय विउ ,मल, सिंचाई सुविधा लगायतको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । महासंघ नेकपा माओवादी केन्द्र निकट किसानहरुको संगठन हो ।
