Saturday, May 16News That Matters

कमल दाहाल निर्देशित बजारमा धनले कसलाई पुग्छ र सार्वजानिक

पूर्णपुष्टि, कार्तिक २२

कलाकार, गायक, गीतकार, निर्देशक कमल दाहालको निर्देशनमा नविनतम गीत ‘धनले कसलाई पुग्छ र ।।। ’ हालै ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ ।

हरिहर तिमल्सिनाको शब्दमा राजु सिंहले भरेकोे संगीतमा उत्कर्ष दाहालले सुमधुर आवाज भरेका छन् । दाहाल निर्देशित  ‘धनले कसलाई पुग्छ र ।।। ’ बोलको भिडियो युवापुस्तालाई स्वाभिमानी बन्न प्रेरित गर्ने खालको रहेको छ । युवापुस्तालाई सन्देश दिने भावको भिडियोले आम नेपाली संगीतप्रेमीको मन जित्ने दाबी निर्माण पक्षको रहेको छ ।

जीवनमा जस्तो सुकै अवस्था आए पनि आफ्नो स्वाभिमान त्याग्नु हुन्न, आखिर धनले कसलाई पो पुग्छ र भन्ने भाव बोकेको दाहालको निर्देशनमा निर्माण भएको गीतको भिडियो ‘धनले कसलाई पुग्छ र ।।। ’ सार्वजनिक भएसँगै चर्चाको शिखरमा पुगेको छ । भिडियोको पोष्ट प्रोडक्सन भने ड्रिम भिजन इन्टरनेसनल मिडिया प्रा।लि।ले गरेको छ ।

चर्चित निर्देशक दाहालको निर्देशनमा निरोज पाण्डे, सुस्मिता खड्का, रामशरण दाहाल अनि सुनिल जिम्बाको उत्कृष्ट अभिनय अनि प्रेम खड्काको छायाँकनमा निर्माण भएको भिडियो निकै नै उत्कृष्ट बनेको छ । काभ्रे जिल्लाको बतासे धुलिखेल, बनेपाको रमणीय सुन्दर दृश्य कैद भएको भिडियोमा सम्पादन, कलर विवेक सुनार, ड्रोन अपरेट रो दुलाल, श्रृङ्गार जिनसन खत्री, क्रियटिभ निर्देशन सुमन वाग्ले, सह निर्देशन अमरकृष्ण चन्दको रहेको छ ।

गीतको भिडियो सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिदै गएको छ । गीतको भिडियो एकदमै पृथक बनेको निर्देशक दाहालको दाबी रहेको छ ।