Thursday, April 23News That Matters

करमगाछीदेखि गणेश मन्दिरसम्म वृक्षारोपण

पूर्णपुष्टि, असार १८ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० बोक्से स्थित करमगाछीदेखि बरुवा पारी निर्माणाधीन गणेश मन्दिरसम्म वृक्षारोपण गरिएको छ । मंगलबार वन डिभिजन कार्यालय उदयपुरले नव उदय सामुदायिक वनसँगको सहकार्यमा शून्य बजेटमा गाईघाट–दिक्तेल सडक खण्ड अन्तर्गतमा वृक्षारोपण गरेको हो ।

वन डिभिजन कार्यालयका वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर शाहले वातावरण सुधार, सौन्दर्यीकरण र स्वच्छ हावाको प्रवर्द्धन गर्ने उद्देश्य सहित वृक्षारोपण गरिएको बताएका छन् । वृक्षारोपणले यस क्षेत्रको सौन्दर्य बढाउनुका साथै स्थानीयवासीलाई मर्निङ वाक र मनोरञ्जनका लागि थप आकर्षक स्थल प्रदान गर्ने अपेक्षा लिएको अधिकृत शाहले बताए । राजनैतिक अगुवा, नागरिक समाज, र स्थानीयको उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।