Wednesday, June 3News That Matters

करेन्ट लागेर एक युवकको मृत्यु

पूर्णपुष्टि, फागुन २३

सुनसरीको धरान उपमहानगरपालिका १५ कृष्णापथमा करेन्टलागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ बर्षीय मौसम प्रधान रहेका छन् ।
हिजो बेलुका ६ बजे पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागी छतबाट भुइँमा लडी घाँइते भएका उनको उपचारको लागि घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगतै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।