
पूर्णपुष्टि, चैत २२
सप्तरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा ४५ वर्षीय अशोककुमार चौधरीको करेन्ट लागेर शनिबार बिहान ज्यान गएको हो ।
सोही ठाउँ बस्ने नरसिंह चौधरीको घरमा मिटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेर अशोककुमार गम्भीर घाइते भएका थिए । घाईते अशोककुमारलाई उपचारको लागि युनिक अस्पताल सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
