
सुनसरी, फाल्गुन १६ गते ।
सुनसरीको ईटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईटहरी उप–महानगरपलिका–६ अनामनगर निबासी ५६ बर्षीय गोपाल न्यौपानेको करेन्ट लागेर मृत्यु भएको हो ।
गतराती ७ बजे आफ्नै घरमा बत्तिको बल्ब जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका न्यौपानेको उपचारको क्रममा बिटारनगरको न्युरो अस्पतालमा राती साँढे ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
