Friday, May 29News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

झापा, बैशाख २१ गते  । 

झापाको बुद्धशान्तिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–१ निबासी ४२ बर्षीय पदमलाल गड्तौलाको करेन्ट लागेर मृत्यु भएको हो  ।

आफ्नै घरमा रहेको फ्रिजको तार सर्ट भई शनिवार बेलुका साँढे ७ बजे अचानक करेन्ट लाग्दा गड्तौला घाईते भएको थियो । घाईते गड्तौला झापाको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।