Friday, May 22News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

मोरङ, भाद्र ४

मोरङको उर्लावारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–७ का २८ बर्षीय नविन बिकको करेन्ट लागेर मृत्यु भएको हो ।

हिजो साँझ ६ बजे घर नजिकै रहेको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका बिकलाई उपचारको लागी गोदावरी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।