
झापा, भाद्र २१
झापा हल्दीबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हल्दीबारी–३ जलथल बस्ने ४७ बर्षीय खड्ककुमार राईको करेन्ट लागेर मृत्यु भएको हो ।
आज दिउसो पौने ३ बजे स्थानीय जुसुडी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा राई आफैलाई करेन्ट लागेको वेहोस भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर बेहोस भएका राईको साई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा दिउसो ३ बजे मृत्यु भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

