
पूर्णपुष्टि, पुष ९
मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–१४ महत्तो टोलका ४० बर्षीय धजनलाल महत्तोको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधवार दिउँसो साँढे ३ बजेको समयमा आफ्नै घर अगाढी रहेको कदमको रुखको हांगा झार्ने क्रममा रुखको हांगाले बिद्युतको मेन तारमा छुन गई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । करेन्ट लागेर घाईते भएका महत्तोलाई उपचारको लागी कोशी अस्पताल पठाईएको थियो । उनको उपचारको क्रममा बेलुका सवा ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
