Saturday, May 16News That Matters

करेन्ट लागेर २ जनाको मृत्यु

मोरङ, फाल्गुन १७ गते । 

मोरङको छुट्टा छुट्टै दुई ठाउँमा करेन्ट लागेर दुई जनाको मृत्यु भएका छन् । उर्लाबारी नगरपालिका–८ र सुनवर्सी नगरपालिका–७ मा करेन्ट लागेर दुई जनाको मृत्यु भएका हुन् ।

उर्लावारीको जरुवा खोलामा खरेन्ट लगाएर माछा मार्ने क्रममा शुक्रवार दिउँसो पौने ३ बजे अचानक करेन्ट लागेर स्थानीय २१ बर्षिय अर्जुन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएको नेपालीको गोदावरी अस्पताल उर्लावारीमा उपचारको क्रममा साँढे ३ बजे मृत्य भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सुनवर्सी नपा–७ बरडंगामा आफ्नै घरको पानी तान्ने मोटरबाट पानी तानेर नुहाउने क्रममा अचानक  करेन्ट लागेर शुक्रबार दिउँसो साँढे ३ बजे स्थानीय ३५ बर्षीय सन्तोष मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाईते भएका मुखियाको उपचारको क्रममा टाईम्स अस्पतालमा दिउँसो साँढे ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।